नुवाकोट र रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि जनज्योति माध्यमिक विद्यालयका आन्तरिक स्रोतका शिक्षकहरू र जुनियर रेडक्रस सर्कलका विद्यार्थी भाइबहिनीहरूले रु. ५८,५०० संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नु भएकाेछ ।
यसै बीच, विद्यालयमा शोक सभा आयोजना गरी विपदमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियाे साथै, बाढीमा परी घाइते भएका र अस्पतालमा उपचार गराइरहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभ र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौँ। विपद्को यस कठिन घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछाै ।
No comments:
Post a Comment