कार्यमूलक अनुसन्धान प्रतिवेदनकाे नमुना । - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Thursday, February 2, 2023

कार्यमूलक अनुसन्धान प्रतिवेदनकाे नमुना ।

‘विद्यार्थीलाई नियमित गृहकार्य कसरी गराउन सकिएला’ १ अनुसन्धानको पृष्ठभूमि : विद्यार्थीहरूमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्राय कक्षाहरुमा देखिन्छ । शिक्षकले सधैँ विद्यार्थीहरू अल्छी भए, घरमा कापी किताब पल्टाउदैनन् भनेर दोष दिइरहेका हुन्छन् तर विद्यार्थीहरूलाई कियाकलापमुखी बनाउन ध्यान दिदैनन । शिक्षण सिकाइको क्रममा धेरै विद्यार्थीहरूमा गृहकार्य नगर्ने समस्या रहेको पाइयो ।गृहकार्य किन गर्दैनन् भन्ने बारेमा चासो दिएर अनुसन्धानको थालनी गरियो। २. समस्याको पहिचान श्री रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ८ मा जम्मा ६० विद्यार्थीहरू अध्यनरत छन । कक्षाको पहिलो घन्टीमा विज्ञान विषय अध्ययन गर्छन्। गत वर्ष त्यही विद्यार्थीहरू कक्षा ७ मा हुदा उनीहरु गृहकार्य किन नियमित गर्दैनन, कसरी नियमित गराउन सकिन्छ भन्ने वारेमा अनुसन्धान को प्रक्रिया सुरु गरिएको हो । ३. पहिलो चरण (क) योजना कक्षामा कति जना विदयार्थीहरुले गृहकार्य बुझाउछन् र कतिले बुझाउँदैनन् त्यसको जानकारी लिने । (ख) क्रियाकलाप पहिलो दिन विदयार्थीहरुलाई नियमित कक्षा सकिएपछि २ वटा प्रश्नहरु सेतोपाटीमा लेखी भोलि अनिवार्य लेखेर ल्याउन निर्देशन गर्ने । (ग) अवलोकन भोलिपल्ट कक्षामा गृहकार्य अगाडी राख्न आग्रह गर्दा उपस्थित मध्ये ५० प्रतिशतले दुबै प्रश्नको उत्तर लेखेका, २० प्रतिशतले एक वटा प्रश्नको मात्र उत्तर लेखेका र बाँकी ३० प्रतिशतले प्रश्न बाहेक एक अक्षर पनि लेखेको पाइएन । (घ) प्रतिविम्बन पढाइमा जागर लगाउने राम्रो पढाई भएको विदयार्थीहरुले गृहकार्य गरे तर पढाईमा पछाडी भएकाले गृहकार्यलाई कुनै महत्व नदिएको पाइयो । ४) दोस्रोचरण (क) योजना विषयगत मूल्यांकन प्रक्रियाको बारेमा विदयार्थीहरुलाई प्रष्ट गराई गृहकार्यको आधारमा उपलब्धि मूल्यांकन हुने बारेमा जानकारी गराएर विदयार्थीको आकर्षण बढ्छ वा वढदैन पत्ता लगाउने । (ख) क्रियाकलाप भोलिपल्ट कक्षामा प्रवेशसंगै विज्ञान विषयको मूल्यांकन पद्धति अर्न्तगत ६० प्रतिशत अद्यावधिक परीक्षा र ४० प्रतिशत निरन्तर मूल्यांकनको वारेमा जानकारी गराई विदयार्थीले बुझाएको गृहकार्य रेकर्डको आधारमा रेजा प्राप्त गर्ने र पाएको रेजा को आधारमा ४० प्रतिशत निरन्तर मूल्यांकनको प्राप्तांक पाइने कुराको निर्देशन दिइयो। (ग) अवलोकन कक्षामा प्रवेश गरेपछि अघिल्लो दिनको गृहकार्य अगाडी राख्न आग्रह गर्दा सबै विदयार्थीहरुले गृहकार्य पूरा गरेको पाइयो विदयार्थीहरुले वार्षिक परीक्षामा ४० प्रतिशत मूल्यांकनको आधार हुनाले परीक्षामा प्राप्तांकमा घाटा हुने ठानेर जसरी पनि पूरा गरे । (घ) प्रतिविम्वन गृहकार्य नगर्नुमा विदयार्थीमा कुनै उत्प्रेरणा दिन नसक्नु हो सकारात्मक पुर्नवलले विदयार्थीमा उत्प्रेरणा वढाउछ र उनीहरुको सक्रियता पनि वढछ । (ङ) निष्कर्ष सवै विद्यार्थीहरूले नियमित रुपमा गृहकार्य गर्दैनन्। उनीहरुलाई कसरी नियमित गृहकार्य गराउने भन्ने विषयमा अनुसन्धान गर्दा दोस्रो चरणमा आइपुग्दा अवस्थामा सुधार देखियो । विदयार्थीहरुमा काम गर्न निर्दशन दिने तर त्यसको प्रत्यक्ष उपलब्धि के हुने भन्ने बारेमा निश्चित नहुदा उनीहरु क्रियाकलापप्रति आकर्षित हुदैनन भन्ने कुराको पुष्टि हुन्छ । मानिस तत्कालको प्रतिफलको लागि पहिला अग्रसर हुन्छ, त्यसैले जतिसक्दो छिटटै कामको उपलब्धि देखिने गरी क्रियाकलाप गर्न प्रोत्साहित गर्न सके विदयार्थीहरु क्रियाकलापमुखी वन्न सक्छन् भन्ने महसुस भयो ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे