सर्वोच्चको फैसला उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद् पद खारेज - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Friday, January 27, 2023

सर्वोच्चको फैसला उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद् पद खारेज

अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपाल नागरिकता पुनस्प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य ठहर गरेको हो । योसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेका हुन् ।
उनीसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गरेका थिए ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे