सामुदायिक बिधालय सुधारका उपायहरु - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Monday, February 20, 2023

सामुदायिक बिधालय सुधारका उपायहरु

सामुदायिक विद्यालयमा हामीले यी कामहरु गर्न सकिन्छ कि?? Aryan CK सरको वालबाट.... ********************* १) विद्यार्थी लग बुकको व्यवस्था गरौं । २) संस्कारयुक्त सिकाईको शुरुआत गरौं । ३) वालमैत्री ढंगले भय रहित शिक्षण गरौं । ४) Mobile Learning/ ICT को जति सक्दो प्रयोग गरौं । ५) शिक्षक डायरीको उच्चतम प्रयोग गरौं । ६) School Imrovement plan सुधारका कार्यक्रम सार्वजनिक गरौं । ७) टोल शिक्षा समिती गठनको शुरुआत गरौं । ८) परिक्षाफल तथा नतिजाको गम्भीर विश्लेषण र समिक्षा गरौं ९) पठनपाठनमा सुधारका योजना बनाउ। १०) शिक्षकका सक्षमता हासिल गर्न प्रयत्न गरौं । ११) एक शिक्षक एक कम्प्युटर / ल्यापटप व्यवस्था गरौं । १२) सिकाई वडापत्र निर्माण गरि कार्यान्वयन गरौं । १३) समय समयमा कक्षागत अभिभावक भेला गरौं । १४) Student achievement Rising plan बनाउ। १५) शिक्षकहरुको तहगत हाजिरजवाफ संचालन गरौं । १६) प्रधानाध्यापकसङ कार्य सम्पादन सम्झौता गरौं । १७) सवै विद्यार्थीको घरको रुटिङ निर्माण गर्न लगाऔं । १८) व्यवहार कुशल सीप वृद्धि गर्ने ढंगले शिक्षण गरौं । १९) सवै विद्यार्थीको नजरमा शिक्षक कार्यक्रम संचालन गरौं । २०) अभिभावक वडापत्र तयार पारी पारदर्शिता वृद्धि गरौं । म विद्यार्थीका लागि विद्यार्थी मेरा लागि भन्ने ठानौ। २१) ITC Lab र Google Classroom र शिक्षा मन्त्रालयमा website रहेका पठनपाठनको visual को व्यवस्था गरौ। २२) अनुपस्थित हुने शिक्षकलाई केन्द्रित गरि छडके जाँच गरौं २३) छात्रवृत्ति वितरण दिवस तय गरि तोकिएको दिनमा वितरण गरौं । २४) विद्यालयमा जुनिय रेडक्रस, वालक्लब र स्काउट सशक्त ढंगले अगाडि बढाऔ। २५) शैक्षिक सामग्री निर्माण सप्ताह आयोजना गरि शैक्षिक प्रदशनी गरौं । २६) शिक्षक प्रतिभाको पहिचानका लागि विविध कार्यक्रम संचालन गरौं । २७) शिक्षक र विद्यार्थीबाट प्रतिबद्ध योजना बनाई कार्यान्वयन गरौँ । २८) 3H ( Head, Hand, Heart) लाई एकीकरण गरि सार्थक सिकाई गरौँ । २९) पाठ्यपुस्तक र शिक्षक निर्देशिका सहित योजनाबद्ध रुपमा शिक्षण गरौँ । ३०) शैक्षिक महोत्सवको आयोजना गरि प्रतिभा प्रस्फुटनको अवसर दिलाऔ। ३१) पठनपाठनको भिडिओ खिची बिषय शिक्षक बिच पालिकामा प्रस्तुत गरौँ । ३२) Best Teacher of the Month Award को शुरुआत गरौं । सकारात्मक सोचका साथ रचनात्मक काम गरौ जति सकिन्छ त्यति गरौ, केही न केही अवश्य गरौँ ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे