"मलाई यो विद्यालयमा काम गर्न मनै लागेन । मेरो यहाँबाट सरूवा गरिदिनु पर्‍यो ।" - Nilkanthapokharel.com.np

Nilkanthapokharel.com.np

Rise to Change, Learn more, Connect more, Achieve more

Post Top Ad

https://nilkanthacreative.blogspot.com/p/blog-page.html

जनज्योती मावि, प्रगतिनगरमा विभाजित चार सदन मध्ये मनास्लु सदनका विधार्थी भाई वहिनीहरुसँग

Wednesday, March 8, 2023

"मलाई यो विद्यालयमा काम गर्न मनै लागेन । मेरो यहाँबाट सरूवा गरिदिनु पर्‍यो ।"

एक जना शिक्षकले आफ्नो प्रधानाध्यापकसँग अनुरोध गरे, "मलाई यो विद्यालयमा काम गर्न मनै लागेन । मेरो यहाँबाट सरूवा गरिदिनु पर्‍यो ।"
प्रधानाध्यापकले सोधे, "तर, किन ? खास कारण के हो ?" शिक्षकले भने, "यहाँका शिक्षक कर्मचारीहरूले एक अर्काको बारेमा कुरा काट्दा रहेछन् । त्यत्तिकै काम नगरेर बस्दा रहेछन् । केहीले त आफ्नै साथीहरूलाई गलत नजरले हेर्दा रहेछन् । यहाँ धेरै काम गलत भइरहेका छन् । म यहाँ कुनै हालतमा पनि बस्न चाहन्न ।" प्रधानाध्यापकले शिक्षकलाई भने, "तपाईं यो विद्यालय छोड्न चाहनु हुन्छ भने ठीकै छ । तर जानु अगाडि कृपया एक काम गर्नुहोस् । त्यो के काम भने एउटा पानीले भरिएको गिलास हातमा समातेर एक थोपा पनि पानी नखसाएर सबै कार्यकक्षहरूमा तीन पटक घुमेर आउनुहोस् ।" शिक्षक आफ्नो प्रधानाध्यापकले भनेझैँ ३ पटक घुमेर आए । अनि प्रधानाध्यापकलाई भने, "यहाँले भने अनुसार मैले गरे हजुर !" त्यस पछि प्रधानाध्यापकले शिक्षकलाई सोधे- "तपाईं ३ पटक कार्यकक्षहरूमा घुम्दा कुनै कोठामा शिक्षक कर्मचारीले कुरा गरेर बसेको, कुरा काटेको वा अवाञ्छित गतिविधि गरेको केही देख्नु भयो ?" "त्यतातिर त मैले ध्यान नै दिइन, हजुर !" शिक्षकले भने । "किन त्यस्तो भयो, थाहा छ ?" प्रधानाध्यापकले सोधे ।" "थाहा छैन ।" शिक्षकले भने । प्रधानाध्यापकले शिक्षकलाई सम्झाउँदै भने, "पानीले भरिएको गिलास लिएर घुम्दा तपाईंको पूरा ध्यान गिलासमा थियो । त्यसबाट पानी पटक्कै नपोखियोस भन्नेमा मात्र थियो । हो, जीवन पनि यस्तै हो । जव हाम्रो पूरा ध्यान आफ्नो प्राथमिकतामा रहन्छ, हामीलाई अरूले के गलत काम गरिरहेका छन् भनी हेर्ने फुर्सद नै हुँदैन ।" आफ्नो प्राथमिकतामा ध्यान दिउँ, अरूका गल्तीमा होइन । copied

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot