"तिम्लाई कल्ले पढायो ? हामी जस्ता गुरुले। होमनाथ सर अर्थात् होमनाथ न्यौपाने । - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Friday, September 22, 2023

"तिम्लाई कल्ले पढायो ? हामी जस्ता गुरुले। होमनाथ सर अर्थात् होमनाथ न्यौपाने ।

आदर्श सुशिल



 "तिम्लाई कल्ले पढायो ?

हामी जस्ता गुरुले।
मन्त्री कल्ले बनायो ?
हामी जस्ता गुरुले।
मन्त्री कल्ले खुस्काउँछ ?
हामी जस्ता गुरुले। "

अहिले यो नारा सामाजिक सञ्जालमा भाइरल छ। नारासँगै भाईरल छन्, होमनाथ सर। होमनाथ सर अर्थात् होमनाथ न्यौपाने । सामाजिक सञ्जालमा भाइरल उनी पूर्वी नवलपरासी ( नवलपुर )को देवचुली नगरपालिकामा रहेको जनज्योति माध्यमिक विद्यालयका स्थाई शिक्षक हुन् । उनले गणित विषय अध्यापन गर्छन् । भाइरल बनेका शिक्षक न्यौपाने वि।सं। २०७१ सालमा जनज्योती माध्यमिक विद्यालयमा स्थाई शिक्षकका रुपमा आएका हुन् । त्यसअघि उनी   जनता माध्यमिक विद्यालय मनहरी, पश्चिम नवलपरासीमा करिव १० महिना अध्यापन गराए। शिक्षण पेशामा आउनुअघी अनि नेपाल सरकार कै निजामती सेवामा कार्यरत थिए। उनले जिल्ला हुलाक कार्यालय सर्लाही र प्रधानमन्त्री कार्यालयमा करिव तीन बर्ष प्रशासन सेवा खरिदार पदमा काम गरेका थिए। न्यौपानेले हाल जनज्योति माध्यमिक विद्यालयमा कक्षा १०,११ र १२ मा गणित विषय अध्यापन गर्छन् भने बिहानको समयमा जनज्योति बहुमुखी क्याम्पसमा ब्याचलर तहमा अध्यापन गर्ने गर्छन। न्यौपाने गणित शिक्षा परिषद् नवलपुरका अध्यक्ष समेत हुन। उनी जिल्लाभित्र र बाहिर पनि गणित विषयगत तालिमकर्ता समेत हुन। उनले पाठ्यक्रम प्रवोधिकरण तालिम समेत दिने गरेका छन् । 
भाइरल बनेका शिक्षक होमनाथ न्यौपानेको नारा मात्रै भाइरल भएन, उनले बोकेको झोला समेत भाईरल बन्यो। नारा लगाईरहेका न्यौपानेले कालो झोला बोकेका थिए, जुन झोला च्यातिएर सिलाईएको थियो। सामाजिक सञ्जालमा उनको झोलालाई लिएर विभिन्न टिकाटिप्पणी समेत गरेका छन् । धेरैले उनको झोलालाई लिएर शिक्षकको सादगी र सरल जीवनयापनको मुक्तकण्ठले प्रशंसा गरेका छन् । केहीले भने झोले शिक्षक समेत भनेर कटाक्ष पनि गरेका छन् । 
शिक्षक आन्दोलनमा देशभरबाट लाखौं शिक्षक सहभागी थिए। तर केही शिक्षकमात्रै क्यामेरा र दर्शकको नजरमा परे। लाइमलाइटमा आउने  शिक्षकमध्ये न्यौपाने अग्रपंक्तिमा थिए। 
भाइरल शिक्षक न्यौपानेको एक श्रीमती र एक  छोरी रहेका छन् ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे