शिक्षककाे कासमु भर्दा ध्यान दिनु पर्ने - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Thursday, May 8, 2025

शिक्षककाे कासमु भर्दा ध्यान दिनु पर्ने

शिक्षकको का.स.मु. २०८२ भर्दा यी समस्यालाई ख्याल गरी भर्नु हुन। शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमा प्रायः देखिने समस्याहरुः १.दर्ता सम्बन्धी समस्याः ◇ म्याद अघि वा म्याद नाघि दर्ता गर्ने। ◇ का.स.मू. दर्ता मिति नराख्ने तथा केरमेट गर्ने। २.फोटोकपीको प्रयोग सम्बन्धी समस्याः ◇ फोटोकपी गरी का.स.मू. भर्ने गरेको । ३.सिफारिस र प्रमाणित सम्बन्धी समस्या : ◇ अनाधिकृत व्यक्तिबाट सिफारिस । ◇ समान तह र श्रेणीको शिक्षक प्र.अ.बाट सिफारिस । ◇ आफ्नो आफै सिफारिस । ◇ सिफारिस र प्रमाणित गर्ने एउटै व्यक्तिले सही गरेको। ◇ सिफारिस र प्रमाणित गर्नेमा दस्तखत छुटेको । ४.हस्ताक्षर गर्ने व्यक्तिको पहिचान सम्बन्धी समस्या : > हस्ताक्षर गर्ने व्यक्तिको नाम, पद र संकेत नम्बर उल्लेख नभएको। ५.अङ्क प्रदानमा समस्या : > अङ्क प्रदान नगरेको तथा केरमेट गरेको। ६. ध्यान दिनुपर्ने पक्षहरुः > प्राथमिक तहको हकमा निलो, नि.मा. तहको लागि हरियो र माध्यमिक तहको हकमा पहेलो रङको का.स.मु. मात्र प्रयोग गर्नुहोस् । > का.स.मु.को अवधिमा वि.स. २०८१ वैशाख ०१ देखि २०८१ चैत्र मसान्त सम्म। भन्ने लेख्नुहोस्। (चैत्र ३१ भन्ने सकेसम्म नराख्नुहोस्) > प्र.अ. आफु सुपरीवेक्षक भए सुपरीवेक्षकले प्रदान गर्ने अंक (अंक र अक्षर दुवैमा) निर्धारित कोठाभित्र नै लेख्नुहोस् । > कही कतै केरमेट तथा टिपेक्सको प्रयोग नगर्नुहोस् । त्यस्तो भईहाले अर्को फाराम प्रयोग गर्नुहोस् । > सकेसम्म बैशाख ३० गते दर्ता नगर्नुहोस्। यो बढि जोखिम हुन सक्छ। अर्थात बैशाख २ देखि बैशाख २९ बिचको मिति राख्नुहोस। दर्ता गरिसकेपछि विद्यालयको छाप लगाउनुहोस् । > सम्बन्धित शिक्षकको दस्तखतको मिति विद्यालयमा दर्ता गरेको मिति भन्दा पछि हुनु हुदैन। यस्तो भयो भने भर्नु नभर्नुको कुनै अर्थ हुदैन । > ५ शैक्षिक वर्षको का.स.मु. मा एउटै दस्तखत तथा अक्षर हुनुपर्ने। कुनै शिक्षक कुनै कारणले विद्यालय बाहिर भएको अवस्थामा विद्यालयको अर्को कुनै शिक्षकलाई भरेर पेश गरिदिनु भनेर पनि कहिलेकाँही भन्न सकिन्छ। यस्तो कदापि नगर्नुहोस् । > प्र.अ. समान वा माथिल्लो तह वा श्रेणीको शिक्षकको सिफारिस तथा सुपरिवेक्षक प्र.अ. हुन नहुने। अस्थायी वा राहत अनुदानमा कार्यरत प्र.अ. सुपरीवेक्षक हुन नपाउने भएकाले यसलाई विशेष ख्याल गर्नुहोस् । > कहिलेकाँही कार्यमुलक अनुसन्धान पेश नगरेको हुन सक्छ, यसले तपाईको १ अंक घट्छ र यसैको कारणले तपाई पछि पर्न सक्नु हुन्छ। > प्र.अ. आफु सुपरीवेक्षक नभए जेठ ६ गते भित्र पालिकामा पेश गर्नु पर्ने र प्र.अ. आफु सुपरीवेक्षक भए सुपरीवेक्षकको अंक प्रदान गरी जेठ १४ भित्र पालिकामा पेश गरेको हुनुपर्ने।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे