शिक्षक महासंघ नवलपुरका अध्यक्ष तिवारीकाे शिक्षक आम्दाेलनबारे अपिल ! - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Saturday, April 5, 2025

शिक्षक महासंघ नवलपुरका अध्यक्ष तिवारीकाे शिक्षक आम्दाेलनबारे अपिल !

नवलपुरका जिल्लाका सम्पूर्ण प्रधानाध्यापक तथा शिक्षक साथीहरुमा हार्दिक अपिल ।। शिक्षक महासंघको आव्हानमा देशभरबाट शिक्षक कर्मचारी साथीहरु काठमाण्डौको माइतीघर मण्डलामा उपस्थित भइ सडक आन्दोलन तातिरहेको छ।। यो सडक आन्दोलनलाई निष्कर्षमा पुर्याउनु नैं पर्ने भएकोले सबै विद्यालयबाट शिक्षक कर्मचारी साथीहरुको अनिवार्य प्रतिनिधित्व गराउनु हामी सबैको दायित्व र जिम्मेवारी हो।।आन्दोलनको कठिन मोडमा आम हडताल गर्नु पर्ने अवस्था पनि आउन सक्छ।सडक आन्दोलनलाई शसक्त बनाउनको लागि विद्यालय तहमा हुने बार्षिक परीक्षाको नतिजा प्रकासनको कामलाई तत्कालको लागि स्थगित गरी " मेरो आन्दोलनमा मेरो सहभागिता " को लागि आफू सहित सहभागी हुन तथा शिक्षकहरुलाई अनिवार्य रुपमा तपशिल बमोजिमको संख्यामा पठाउनु हुन सम्पूर्ण प्रधानाध्यापक तथा शिक्षक साथीहरुमा हार्दिक आवहान गर्दछौं।। दैनिक रुपमा सहभागी हुनु पर्ने न्यूनतम संख्या उच्च मा वि बाट: कम्तीमा ५ जना।। मा वि बाट : कम्तीमा ४ जना।
नि मा वि तहबाट : कम्तीमा २ जना। आधारभूत ( प्रा बि ): कम्तीमा १ जना। पुनश्च : हामीलाई काठमाण्डौ बसेर सडकमा आन्दोलन गर्ने रहर होइन।आन्दोलन स्थगित भएको केही घण्टामै हामी स्कूल फर्किएर नियमित काम गर्ने छौ, पढाइ सञ्चालन नभएको यो समयमा शिक्षकहरुलाई स्कूल आउनुपर्ने बाध्यता नगरी बढी भन्दा बढी शिक्षकहरुलाई आन्दोलनमा उतार्नु हुने र उत्रिनु हुने विश्वास र अपेक्षा सहित हार्दिक अनुरोध तथा आवहान गर्दछौं।। चन्द्रदेव तिवारी -अध्यक्ष , ने.शी.महासंघ नवलपुर। इन्द्रराज भट्टराई - अध्यक्ष , ने. शी. संघ नवलपुर । टीकाराम डुम्रे - अध्यक्ष , ने.रा.शी संगठन,नवलपुर दुजमान् सिर्पाली - अध्यक्ष , UANTO, नवलपुर हरि विश्वकर्मा - अध्यक्ष , ANTO, नवलपुर। दीपक अर्याल - अध्यक्ष , ANNTO, नवलपुर ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे