प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश(नवलपरासी बर्दघाट सुस्ता पूर्व) - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Tuesday, September 9, 2025

प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश(नवलपरासी बर्दघाट सुस्ता पूर्व)

 प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश


मिति २०८२।०५।२४ गते दिनको १४:३० बजे देखि लागू हुने गरी अर्को आदेश नभए सम्म स्थानीय प्रशासन ऐन, २०२८ को (संसोधन सहित) दफा ६ (क) बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको देहायका चार किल्ला तोकी सो सिमा क्षेत्र भित्र कसैले आवत जावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।


देहायः



 गैडाकोट, बेल्डिया, रजहर, दलदले, प्रगतिनगर, कावासोती, डण्डा बजार, चोरमारा, अरुणखोला, दुम्किबासका बजार क्षेत्र र उक्त बजार क्षेत्रका १ कि.मि. दाया-बाया क्षेत्रका भू-भागहरु ।

नोट :- कर्फ्यू आदेशको अवस्थामा अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीको सवारी साधन, कृषि उपज, इन्धन बोकेका सवारी साधनहरु, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु आवागमनमा सुरक्षाकर्मीबाट सहजिकरण हुनेछ ।


मिति :- २०८२।०५।२४ गते 

(भविश्वर पाण्डे) प्रमुख जिल्ला अधिकारी

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे