गणित विषयः चुनौति र समाधान - Nilkanthapokharel.com.np

Nilkanthapokharel.com.np

Rise to Change, Learn more, Connect more, Achieve more

Post Top Ad

https://nilkanthacreative.blogspot.com/p/blog-page.html

जीवनलाई फर्केर हेर्दा ...

Saturday, January 21, 2023

गणित विषयः चुनौति र समाधान


लेखक
निलकण्ठ पोखरेल 
निलकण्ठ पोखरेल 
त्रिभुवन मा.वि.
बुलिङटार गाउँपालिका 
(देवचुली–१५, प्रगतिनगर)
नवलपरासी

गणित विषय न त माकुराको जालो हो न त चपाउनै नसकिने छुर्पी हो, न त कुनै बोझिलो भारी नै हो यो मात्र हाउगुजी गराइएको हो । जो समस्यादेखि डराउँछ त्यसका लागि माकुराको जालो हो, जो मेहनत नगरी प्रतिफलको अपेक्षा राख्दछ त्यसका लागि छुर्पि हो ,जसले छोरा छोरि तर्साउने स्वभाब राख्छ त्यसका लागि हाउगुजी हो । गणित खेल्न जाने खेल हो, नजाने जेल हो । गणित स्वाद र रस लिन जाने रसिलै पौष्टिक आहार छुर्पी हो । नजान्नेका लागि ढुड्गासरी हो । हाउगुजीलाई प्रयोग गरे प्रेरणा हो नगरे बुझि नै हो । गणितलाई किन माकुराको जालो, भारी ढुङ्गा र हाउगुजीका रुपमा लिएका छौ भनेः प्रारम्भिक तहमा अध्ययन गर्दा बालकको मस्तिकमा गणित विषयलाई अभिभावक, शिक्षक, सहपाठी साथीद्धारा उसको मानसपटलमा हाउगुजीको रुपमा मानचित्र खिचिदिनु, प्रारम्मिक तहमा नै गणितका आधारभूत सिकाई हामी पूर्ण रुपमा सिकाउन्नौ । त्यसैको परिणाम स्वरुप माथिल्ला कक्षामा गणितमा अठ्यारो पर्ने गरेको पाईन्छ । गणित विषय पढाउने हामी शिक्षक, शैक्षिक सामाग्री निर्माण र प्रयोगमा ख्याल गर्दैनौ र बजारमा पनि गणित विषयको शैक्षिक सामाग्री अभाव महसुस गरेका छौँ । गणित विषयमा अध्ययन गरेका कुराहरु क्षेत्रगत रुपमा ब्यवहारिक छैनन, जुन व्यवहारिक रुपमा प्रयोग गर्न नपाएको कारण सिकाई उपलब्धि कम भएको छ । कक्षागत रुपमा गणित विषयको विषयगत क्रमबद्धता टुटाईएको छ, जसका कारण गणित विषयमा अनेक समस्या छन् । विषयवस्तुको सगठन गर्न तयारी अनुसारको शिक्षण सिकाई क्रियाकलाप गर्न, उपयुत्त शैक्षिक सामाग्रीको छनोट गर्न, उपयुत्त शिक्षण सिकाई बिधि चयन गर्न भययुक्त वातावरणमा शिक्षण सिकाई क्रियाकलाप गर्न  हामी पछि परेका छौ । त्यसको प्रत्यक्ष असर गणित विषयमा देखिन्छ । परिवर्तित समयअनुसारको पाठ्यक्रम, पाठ्यक्रमअनुसार शिक्षकलाई पुर्नर्ताजकी तालिम नदिनु , एउटै कक्षाकोठाभित्र पनि विभेदीकरण गरी सिकाई क्रियाकलाप सञ्चालन गरीने भएकाले गणित विषयमा अध्यापन र अध्ययन गर्न असहज भएको छ । नतिजा राम्रो देखाउने निहूँमा विद्यालय प्रसासनले शिक्षकलाई शिक्षकले विधार्थिलाई अनावश्यक तनावले पनि शिक्षण सिकाईलाई असर पारेको छ । विद्यार्थीको आर्थिक अवस्था (सन्दर्भ सामाग्री, अतिरिक्त कक्षा, कलम कापि), सामाजिक र सास्कृतिक (बिधार्थी अनुपस्थित) तथा राजनैतिक (शान्ति सुव्यवस्था र भयमुक्त बाताबरण) अवस्थाले गर्दा पनि गणित सिकाउने र सिक्ने  विच समस्या देखापर्छ ।

निरन्तर मुल्याङ्कन गरी पृष्ठपोषण प्रदान गर्ने परम्परा हामीमा छैन । फरक परिवेश, अनेक भाषा, धर्म, सस्कृति र फरक परिवेशका समाजबाट आएका बिच शिक्षण सिकाई क्रियाकलाप योजनाअनुसार लैजान अप्ठयारो हूने, प्रारभ्भिक उमेरका बालबालिकाका लागि गणित विषय खेलको रुपमा जोड दिई कसैले पनि हाउगुजीको रुपमा अर्थ नलगाईदिने, अधिकतम शैक्षिक सामाग्री निमार्ण गरी उपयुत्त  शिक्षण बिधि छनोट गरी विद्यार्थी केन्द्रित शिक्षण सिकाई क्रिर्याकलाप अपनाउन पुर्नः ताजकि तालिमको व्यबस्था मिलाउने, पाठ्यभारअनुसार शिक्षण सिकाई क्रियाकलाप गर्न शैक्षिक अभियान्तका शिक्षक कुशलतापूर्वक लाग्नुपर्ने, गणितका व्यवहारिक क्षेत्रलाई सुरुमा र अव्यवहारिक क्षेत्रलाई क्रमशः पछिल्ला क्रममा सरलतादेखि जटिलतातिर क्रमबद्ध रुपमा अध्यापन गराउने गर्नु पर्छ । अध्यापन गराउने शिक्षकले निराशा वादी नभई पूर्ण तयारीका साथमा विद्यार्थी उत्सुकता, प्रतिस्पर्धा र सहयोगीको रुपमा प्रस्तुत भईदिने हो भने गणित विषय अझ सहज हुन्छ । विभेदीकरण शैक्षिक परिपाटीको अन्त्य गरेमा मात्र गणित लगाएत अन्य विषयको पनि सुधार हुने थियो । पाठ्यक्रम निर्माताहरुले कक्षागत रुपमा पाठ्यक्रममा क्रमवद्धता नटुटाई दिने हो भने पनि अझ सहज हुन्थ्यो गणित सिकाई । बिद्यार्थीे भोको पेट र खाली हातले सिकाई हासिल गर्न नसक्ने हुँदा अभिभावकका लागि राष्ट्रले रोजगारीको अवसर सृजना गरिदिनु पर्छ । फरक भाषा फरक सामाजिक सास्कृतिक  अवश्था फरक स्थान र फरक शिक्षण सिकाई क्रियाकलापमा बिद्यार्थी सामेल हुने हँुदा आर्थिक बोझ नपर्ने गरी अतिरिक्त कक्षा सञ्चालन गरी तल्ला कक्षाहरुबाटै पूर्ण पाठ अध्यापन गरी सिकाई

उपलब्धिदर बढाउनु पर्ने देखिन्छ । निरन्तर बिद्यार्थी मुल्याङ्कन गरी पृष्ठपोषण लिने र दिने काम गर्ने । हँुदा खाने र हुने खाने बिचको असमान व्यवहार र भोलिको सिकाई निरन्तरतालाई आज नै चिन्तित पार्ने भएकाले गणित हुने खानेको मात्र नभई हुदाँ खानेहरुको लागि पनि पु¥याउन भोलिको शिक्षाको सुनिश्चितता आजै गरिदिने हो भने गणितप्रतिको नैराश्यता हराउने थियो । परिवारलाई चेतनशील बनाइ गणित पढेर र गरेर सिक्ने भएकाले बिद्यार्थीलाई पढ्नका लागि समय मिलाइदिनु आवश्यक हुन्छ । अन्त्यमा बालबालिकाको सिकाईलाई उपलब्धिमुलक बनाउन सिकाई स्थानान्तरण सहि तरिकाले गराउन मात्र नभई देश समाजका लागि सक्षम नागरिक उत्पादन गर्न वि ब्य स, शि अ स, विद्यालय प्रशासन, विद्यार्थी–शिक्षक–अभिभावक बिच सुमधुर सम्बन्ध कायम गर्दै एकले अर्कोलाई सकारात्मक पृष्ठपोषण आदान–प्रदान गर्दै स्वच्छ र सुमधुर शैक्षिक वातावरण ब्यबस्था मिलाई अध्ययन अध्यापन गराउन सकेमा गणित विषय पनि अन्य विषयझै सरल विषयका रुपमा परिणत हुने अपेक्षा राख्दछु ।


No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot