जब म कक्षा सातको अन्तिम परिक्षाको तयारी गर्दा हामिलाई गणित पढाउन भनि
आउने शिक्षक धेरै थिए तर पनि प्रतिस्पर्धा भएर सफल हुने शिक्षक जुनजतिबेला पातलो ज्यान,भर्खर दाह्रिको रेखि लागेको बाहुनको छोरो सिलाएको
सर्ट र पाईन्ट लगाउने गहुगोरो बर्णको, पढाएको देख्दा र सुन्दा त धित
कहिल्यै मरेन सुनिरहुँ हेरिरहुँ जस्तो लाग्थ्यो । प्रगतिनगर 3 घर भएका
निलकण्ठ पोखरेल शिक्षक गणित मुख्य बिषय लिई स्नातक तेस्रो बर्षको परिक्षा
दिएर बसेका हाम्रो बिधालयमा पनि गणित शिक्षक चाहिएको अवस्थालाई परिपुर्ति
गर्न र हाम्रो भबिष्यलाई सुनिश्चित गर्ने कार्यमा एक ईट्टा थप्नका लागि
हाम्रो शैक्षिक बैसाखि बनेर 2066 पुष 21 गतेका दिन आउनु भएको थियो ।
बाहुनको छोरो तै पनि भर्खर दाह्रिको रेखि बसेको 21 बर्षको के बस्ला र यो
हाम्रो बिधालयमा भन्ने मान्छे पनि थिए । शिक्षकमा हुनु पर्ने सबै गुणले
सुसज्जित हुनुभएका लगनशिल पेसा प्रति बफादार नेतृत्वदायि भुमिका बहन गर्न
सक्ने हामिलाई आफ्नै छोरा छोरी जस्तै गालि र माया मिसाएर पढाई प्रति
प्रेरणा जगाउनु हुन्थ्यो । शिक्षक सबै हुन सक्छन् तर असल हुन सक्दैनन
बिधार्थीको मनोभाबना बुझेर सोहि अनुसार शिक्षण सिकाई क्रियाकलाप गर्न
सकेका शिक्षण कार्य प्रभाबकारी हून्छ भन्ने कुरा बुझेका शिक्षक लाई अल्छि
पढ्न मन नगर्नेले मन पराउथेनन् तर वहाँले जिबन उपयोगि सिप प्रयोग गरेर
हुन्छ कि कसरी हुन्छ उनिहरुलाई क्षमतावान बनाउने प्रयास गर्नु भयो त्यसको
उदारहण हाम्रै साथि पुरन मल्ल हुन । बिधालयमा गरिएका महत्वपुर्ण कार्यमा
नेतृत्व लिने गर्नु हुन्थ्यो अझ पोहर साल बिधालयले स्वर्ण महोत्सब मनाउदा
बिधालयका लागि 12 लाख रकम संकलन गर्ने योजना गराउने र सफल पारेको देख्दा
त गाउलेले मुत्त कण्ठले प्रशंसा गरेका थिए । कुनै पनि कार्य सफलताका साथ
सम्पन्न गर्ने अष्ठारा परिस्थितिमा धैर्यका साथ काम गर्ने र गर्नुपर्छ
भनेर प्रेरणा दिने बिधालयमा कहिल्यै पनि बिधालय पोषाक बाहेक अरु पोषाकमा
नआउनू भएका घर टाडा भएपनि आफुले पाउने सुबिधाबाहेक अन्य मनमानि तरिकाले
बिदामा कहिल्यै बस्नु भएको मलाई थाहा छैन । बिधालयको शैक्षक उपलब्धि
मात्र हैन भौतिक सम्पनता गराउन दातृ संस्था सँग समन्वय गर्ने सामाजिक
बिकासका लागि समाज र बिधालय बिच साधुको रुपमा रहनु भएको छ । राजनैतिक
बिचार जता जता भए पनि बिधालयको बिकासमा एक हुनु पर्छ भन्ने मान्यता
राख्ने पोखरेल सर आफ्नो पारिवारिक काम छोडेर पनि बिधार्थीको पढ्न पाउने
अधिकारलाई कहिल्यै बच्चित गराईदिनु भएन मलाई त्यसैमा खुसि लाग्छ । मागेर
नमस्कार खाने वहाँको बानि मलाई मन पथ्र्यो आफुले सम्मान हैन संस्कार
सिकाउने प्रयास गरेको हु भन्नुहुन्थ्यो । कसैले कसैलाई पनि सहयोग गरेमा
धन्यबाद दिने र लिने सरको त्यो बानि अझ मन पर्छ ;भन्नुहुन्थ्यो हामिले
सिकाउन सकेमा न तिनिहरुले सिक्छन् । छात्राबासमा बस्दा, बुलिङ्टारमा
बस्दा,एस एल सि दिएर बस्दा वहाले भन्नुभएको प्रेरणाका शब्द म कहिल्यै
भुल्ने छैन ।वहा जस्तिको क्षमतावान अरु छैनन भन्दिन तर सिकाई हस्तातरणको
प्रकिया कसैसग छैन त्यो भन्न सक्छु म,वहा नम्र पनि हुनुहुन्न एक दिन एउटा
साथिले केटिलाई जिक्काउदा पिटेको देख्दा त मानवता छैन जस्तो लाग्क्थो तर
पिटेर भित्र पस्दा आफै आत्तिनु हुन्थ्यो र अरु सर मिसलाई हेर्न पठाउनु
हुन्थ्यो ।म आई एस्सि पड्नु,श्री उदय मा बि जौबारी 8 भदौरिले समग्र
शैक्षिक बिकास गर्नु उहा कै देन हो जस्तो लाग्छ।समाज राष्टले क्षमतावानका
साथ साथै नैतिकबान र सत् चरित्रको शिक्षक तयार गर्नु पर्छ तव मात्र
राष्टले शिक्षामा गरे लगानि साकार हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।
झक बहादुर राना (जौबारि बोबक भु पु बिधार्थी उदय मा बि जौबारी 8 भदौरी



No comments:
Post a Comment