ए ! छाेराे शिक्षक नबन ल । - Nilkanthapokharel.com.np

Nilkanthapokharel.com.np

Rise to Change, Learn more, Connect more, Achieve more

Post Top Ad

https://nilkanthacreative.blogspot.com/p/blog-page.html

जीवनलाई फर्केर हेर्दा ...

Tuesday, October 3, 2023

ए ! छाेराे शिक्षक नबन ल ।


 "एउटा शिक्षकको छोरालाई सन्देश "


ए छोरा शिक्षक त बन्दै नबन

 बाउको अर्ति हो कान खोलेर सुन

 ए छोरा शिक्षक त बन्दै नबन 

अर्ति गाली हुन्छ, शिक्षक गुलामी अरु माली हुन्छ

 नेता, ब्यापारी, भ्रष्टचारी बने हालिमुहाली हुन्छ । 

ऐ छोरा 

शिक्षक त बन्दै नबन

 छोटे राजाको औठा छाप, तिम्रो डिग्रीमा करकाप

 विकास, सुशासन, शिक्षामा दलाल जय सरकार । 

ए छोरा शिक्षक त बन्दै नबन बरु गएर भिक्षा माग,

 युरोप, अमेरिका बस आफ्नै दुनु सोझ्याऊ सके देशै छोडी मुग्लान पस। 

ए छोरा शिक्षक त बन्दै नबन बाउ शिक्षक बने के गरे ? 

अरु सबै बेसी झरे अपजसको भरिया, म जस्तै बनेर ज्यूदै नमरे । 

ए छोरा शिक्षक त बन्दै नबन बेग्लै भविष्य खोज, 

झुटको खेति राजनीति रोज आफै जलेर अरुलाई उज्याले दिने उपाय नखोज । 

ए छोरा शिक्षक त बन्दै नबन बाउको अर्ति हो कान खोलेर सुन ए छोरा शिक्षक त बन्दै नबन


ए छोरा ::::

साभार फेसबुक

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot