अन्तर्वार्तामा सोध्न सक्ने नमूना प्रश्नहरु तथा उत्तरहरु - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Tuesday, January 31, 2023

अन्तर्वार्तामा सोध्न सक्ने नमूना प्रश्नहरु तथा उत्तरहरु

प्राथमिक तहको अन्तर्वार्तामा सोधिन सक्ने नमूना प्रश्नहरु तथा उत्तर: • शिक्षण पेशा किन रोज्नु भयो? > शिक्षण पेशा सबैभन्दा उत्तम पेशा हो । यसले मलाई आत्म सन्तुष्टि मिल्छ किनकि शिक्षक नै सबै जनशक्तिको उत्पादक हो। मेरो अध्ययनको विषय पनि यही र मेरो अभीष्ट पनि । ॰विद्यार्थीहरु कार्य गृहकार्य नगरेमा तपाई के गर्नु हुन्छ ? → कक्षाकार्य गृहकार्य नगर्नुको कारण पत्ता लगाई मैत्रीपूर्ण व्यवहारद्वारा गृहकार्य गर्न प्रेरित गर्छु । आवश्यकता अनुसार मामला अध्ययन समेत गर्छु। • तपाईले पढाउने विषयको पाठ्यपुस्तक उपलब्ध नभएको अवस्थामा तपाई कसरी शिक्षण गर्नुहुन्छ। >पाठ्यक्रमको सहयोग लिई प्रशस्त सामाग्रीको प्रयोग गरी शिक्षण गर्छु । • तपाई सिफारिस भएर जाने विद्यालयको शैक्षिक अवस्था एकदम कमजोर छ, विद्यालय प्रशासन र विव्यस पनि निष्क्रिय छन, अन्य शिक्षकहरु पनि लापरबाही गर्छन, यस्तो अवस्थामा तपाई के गर्नुहुन्छ? > प्रअसँग छलफल गरी यस्तो हुनुको कारण पहिल्याई सबै सरोकारवालासँग छलफल गर्ने वातावरण मिलाई सुधारको योजना बनाई काम गर्न प्रअलाई सुझाव र सहयोग गर्छु । • तपाईले पढाउँदै गर्दा विद्यार्थी निदायो भने तपाई के गर्नुहुन्छ ? >निदाउनुको कारण खोजी रमाईला क्रियाकलापद्वारा कक्षालाई रुचिपूर्ण बनाउँछु। • तपाईले पढाइरहेको विषयमा अभिभावकबाट गुनासो (complain) आयो भने तपाई के गर्नुहुन्छ? > सल्लाह लिएर आफ्नो कमजोरी भए सुधार्ने र उसले नबुझेर भए बुझाउने प्रयास गर्छु । • सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि नहुनुको कारण के होला? > फितलो शैक्षिक नीति, अभिभावकहरुको विद्यालयमा कम चासो, शिक्षाकहरु आफुले तालिममा सिकेका कुरा कक्षामा लागू नगर्नु, निजि विद्यालयहरुको प्रभाव र भ्रामक विज्ञापन आदि । • अहिले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ गर्ने लहर नै चलेको देखिन्छ यसलाई के भन्नुहुन्छ? के अंग्रेजी माध्यमले गुणस्तर सुधारमा सहयोग गर्छ त? > भाषा शिक्षणको माध्यम मात्र हो, कुनैपनि विषय वस्तुको ज्ञान लिन दोस्रो तेस्रो भाषा भन्दा मातृभाषा नै बढी प्रभावकारी हुन्छ । सिकाइ माध्यमबाट नभई विषवस्तुबाट बढी उत्तम हुन्छ । • उदार कक्षोन्नति निरन्तर मूल्याङ्कन प्रणाली र अक्षरांकन पद्धति जस्ता मूल्याङ्कनका पद्धतिले पनि बिद्यार्थीले पढ्ने बानी बिगारेको भन्ने आवाज आउन थालेको सुनिन्छ, यसमा तपाईको विचार के छ ? > यदाकदा यस्तो आवाज सुनिन्छ तर यो गलत बुझाइ हो । विद्यार्थीले सिकेका व्यवहारको मूल्याङ्कन दुई तीन घन्टाको परीक्षा र मापन अंकमा गर्नु उपयुक्त हुदैन । अहिलेका मूल्याङ्कन प्रणाली एकदम उचित छन् केही विद्यालयले र शिक्षकले गरेका गलत प्रयोगले नराम्रो नतिजा आएको हुनसक्छ । • अन्तिम नतिजामा तपाई सिफारिस नभए के गर्नु हुन्छ? > पुन अर्को पटक प्रयास गर्छु । • प्रावि तहमा सबभन्दा उपयुक्त शिक्षण विधि कुन हो? > खेल विधि • पाठयोजनाको मुख्य अंग के हो > उद्देश्य • शैक्षिक सामाग्री छनौटको मुख्य आधार के हो? >शैक्षणिक उद्देश्य शिक्षण विधि छनोटका आधारहरु केके हुन? → विषयको प्रकृति, पाठको उद्देश्य विद्यार्थी संख्या, सामाग्रीको उपलब्धता • कुन संख्यालाई सत प्रतिशत वृद्धि गरी पचास प्रतिशत घटाउदा पहिलाको संख्यामा कतिले फरक पर्छ? > फरक पर्दैन बराबर हुन्छ । ॰सूर्य ग्रहण किन औँसीको दिनमा मात्र लाग्छ ? > आँसीको दिनमा मात्र सूर्य र पृथ्वीको विचमा चन्द्रमा पर्ने भएकाले #साभार

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे